Wednesday, 02, December, 2020 info@saipalnews.com

मिर्गौला प्रत्यारोपण गरेको २ हप्ता नबित्दै प्रधानमन्त्री ओली कामकाजमा सक्रिय बन्दै

काठमाडौं ३ चैत । मिर्गौला प्रत्यारोपणको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। २१ फागुनमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मूत्रनलीमा रहेको स्टेन्ट आइतबार बिहान निकालिएको छ।बिहान स्टेन्ट निकालेका ओली सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीच आइतबार साँझको भिडियो कन्फरेन्समा सहभागी भए। ओलीले सिंहदरबारस्थित एक्सनरुमबाट भिडियो कन्फरेन्स सम्बोधन गरेका थिए।

भिडियो कन्फरेन्समा सहभागी हुनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरलाई संक्रमणरहित तुल्याउन औषधि छर्किएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको दुई साता नबित्दै प्रधानमन्त्री ओलीले भेटघाटलगायत गतिविधिमा सक्रियता बढाएका हुन्। १२ दिन लामो अस्पताल बसाइपछि डिस्चार्ज भएको भोलिपल्टै शनिबार उनले पार्टीका शीर्ष नेतासँग भेट गरेका थिए।

ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेलसँग शनिबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभाग प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले स्टेन्ट निकालेका हुन्। स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओलीले ह्वीलचेयर प्रयोग गरेका थिए। डा:शर्माका अनुसार शल्यक्रियाका बेला स्टेन्ट राखिएको हो। डिस्चार्ज भएको दुई दिनपछि पुन स् नियमित स्वास्थ्य परीक्षण र मूत्रनलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार प्रधानमन्त्री ओली अस्पताल आएका थिए।

प्रत्यारोपणका बेला राखिने स्टेन्टले घाउलाई निको पार्न मद्दत गर्ने डा। शर्माले बताए। उनले भने, ‘अप्रेसनका बेला स्टेन्ट राखिन्छ। त्यसले घाउलाई निको पार्न सहयोग गर्छ। लिकेज नहोस् भनेर राखिएको हो। त्यो पाइपलाई धेरै लामो समयसम्म राख्न मिल्दैन। चाँडो निकाल्न पनि मिल्दैन।’

प्रधानमन्त्री ओलीको पिसाब निष्कासन राम्रो रहेको डा :शर्माले जानकारी दिए। उनले पिसाब थैलीमा बनेको सामान्य घाउ निको हुन केही समय लाग्ने बताए। ओलीलाई संक्रमणको जोखिम रहेको जनाउँदै चिकित्सकले शल्यक्रियाको सातौं दिनसम्म कसैलाई भेट गर्न दिएका थिएनन्। आठौं दिन मिर्गौलादाता समीक्षा संग्रौलाले भेट गरेकी थिइन्। यो समाचार अन्नपुर्णपोष्टमा छ ।