Wednesday, 19, January, 2022 info@saipalnews.com

सरकारले उपत्यकामा १ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने

काठमाडौंं ३ चैत । विश्वभर कोरोना भाइरसको महामारी भैलिरहेको बेला सरकारले काठमाडौंमा १ सय २० आईसीयू बेड उपत्यका बाहिर १ यस आईसीयू बेड बनाउने भएको छ । कोरोना भाइरसको उच्च सतर्कता अपनाउदै सरकारले उपत्यकामा १ हजार आइसोलेटेड बेड पनि बनाउने तयारीमा जुटेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पतालहरु समेत पनि तोकेको छ । जसमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुरको आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०र२० वटा आईसीयू बेड निर्माण हुने भएका छन् ।

यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी गरिने बैठकमा छलफल भएको छ । बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ ।

जसमध्ये आयुर्वेद अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल आर्मी र प्रहरीको अस्पतालमा १०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै तेलकोटस्थित खानेपानी कार्यालयमा ६०, इचंगुनाराणस्थित सुकुम्बासी आपवासमा २८० आइसोलेटेड बेड बनाइने बैठकले निर्णय गरेको छ ।