Tuesday, 01, December, 2020 info@saipalnews.com

पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो

काठमाडौँ ३ चैत । नेपाल आयल निगम पेट्रोल डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि नेपालमा भने दुई रुपैयाँ मात्रै घटाएको छ । ‘आधार मूल्य खुद्रा बिक्री मूल्यको आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्ेको निगमका एक अधिकारीले जानकारी दिनु भएको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ। हवाई इन्धनको हकमा प्रणाली छैन्। निगम व्यवस्थापनबाटै उक्त मूल्य घटाएको हो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार नया मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको जानकारी दिनु भएको छ।