Wednesday, 22, September, 2021 info@saipalnews.com

ललिता जग्गा प्रकरण:अधिकृत पौडेल पुर्पक्ष थुनामा

काठमाडौँ ३ चैत । विशेष अदालतले ललिता निवास अनियमितता प्रकरणमा मुछिएका शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ । अध्यक्ष शिवराज अधिकारी र सदस्य चन्द्रबहादुर सारु मगरको इजलासले पौडेललाई पुर्पक्ष थुनामा राख्‍ने आदेश दिएको हो ।

ललिता निवास अनियमिता प्रकरणका १७५ जना आरोपितमध्ये पौडेल विशेष अदालतमा उपस्थित हुने पहिलो व्यक्ति हुन् ।पौडेलमाथि ३२ करोड १९ लाख २० हजार रुपैंया विगो मागदावी थियो । उनीमाथि सरकारी, राजकुलो र बाटोको नाममा स्रेस्ता पूर्जा कायम रहेको १९ रोपनी १५ आना जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोप थियो ।