Wednesday, 19, January, 2022 info@saipalnews.com

कतारबाट शंकास्पद २० नेपाली कामदार फिर्ता

काठमाडौँ ४ चैत । कारोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ।दुईजना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइनमा र सामूहिक क्वारेन्टाइनमा राखेको छ।कामदार क्वारेन्टाइनबाट सिधै काम गर्ने स्थानमा जान पाउँछन्। तर, बाहिर जान पाउँदैनन्।