Thursday, 27, January, 2022 info@saipalnews.com

माथिल्लो तामाकोशी आयोजनाको हेडवर्क्सको परीक्षण शुरु

काठमाडौँ ४ चैत । बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण  शुरु गरिएको हो ।सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन बालुवा थिग्राउने पोखरी मा पानी भरेर परीक्षण गरिने छ ।  हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा  जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ ।

आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  नवराज शिवाकोटीले लेखेका छन् ।