Wednesday, 22, September, 2021 info@saipalnews.com

कम्रेड भीम रावलको पीएचडीका सन्दर्भमा

काठमाडौँ । अनेरास्वावियु पाँचौका संस्थापक नेता मध्यका एक भीम रावल विदेश विभाग प्रमुख हुनुहुन्थ्यो । २०३८ सालमा  ललितपुरको इन्जिनिरिङ क्याम्पसमा अनेरास्वावियूले  छैटौ राष्ट्रिय सम्मेलनको भव्य तयारी गरिको थियो । विदेशी विद्यार्थी नेताहरुलाई विमानस्थलबाट स्वागत गरेर ल्याउने जिम्मेवारी भीम रावलको थियो । यही शिलशिलामा एशियाली विद्यार्थी संघका महासचिव लोचि किनलाई लिन त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल जादै गर्दा भीम रावल गिरफ्तार हुनु भयो ।हनुमान ढोका, जिल्ला प्रहरीको थुना हुँदै उहाँलाई सदरखोर डिल्लीबजारमा लगेर थुनियो । उता इन्जिनियरिङ क्याम्पसमा  पँञ्चायती शासकहरुले सम्मेलनको तयारी सबै भत्काएर चरम दमन गरे । दमनका विरुद्ध सदरखोरमा भीम रावल लगायतका विद्यार्थी नेताहरुले भोक हडताल सहित विद्रोह गरे । सदरखोर कब्जा गरे । ठुलो संख्यामा प्रहरी खनिएर सदरखोरबाट विद्यार्थी नेताहरुलाई देशका विभिन्न जेलमा राखियो । भीम रावल सहित मुख्य ८ जनालाई भैरहवा कारागार लगियो । गर्मीको याम फलामे ढोका भित्र ठुलो कोठमा भीम रावल नौ दिन त्यहाँ अनुशन बस्नु भयो । उहाँको मृत्यु भएको खबर प्रकाशित भयो । तत्कालित विद्यार्थी ईन्चार्ज विवेक अर्थात  माधवकुमार नेपालले चिठ्ठी सहित संगिता रावललाई भैरहवा पठाउनु भयो । त्यसबेला पत्नी बाहेक प्रशासनले भेट्न नदिने अवस्था थियो ।

त्यही विधार्थी आन्दोलनको अर्को हस्ती एवं रावल पत्नी संजिता रावल कुनै दिन भिम रावललाई नख्खुजेलमा भेट्न जाँदा एउटा प्रहरिले भीम रावललाई सानो बच्चालाई जस्तो दुई हातमा बोकेर ल्यायो र एउटा टेबुलमा लडाउँदै सोध्यो, “यहि हो तिम्रो श्रीमान !?”
रावललाई भोक हड्तालकै क्रममा टाइफाइड भैसकेको थियो । भोक हडताल र टाइफाइडको कारण उनी शारिरीक रूपमा अत्यन्त कम्जोर  थिए । सकि न सकि आफ्नो श्रीमतीसँग इशारामा बोलिइरहेका रावलकै अघि उभिएर जेलरले भन्यो, “यो केटो केही दिन मै मर्छ होला ! यस्तो  अराष्ट्रीय मान्छेसँग किन विहे गरेको ? यसलाई भोकहडताल रोक्न भन । हामी छोडी दिन्छौं ।”

“भोक हड्तालकै विच उहाँ वित्नु भयो भने उहाँको लास लिएर जाउँला तर म उहाँलाई भोक हड्ताल रोक्न लगाएर जेलबाट घर लान्न ।” यती भनेर संजिता त्यहाँबाट हिंडिन् ।

त्यो घटनाको दुई वर्षपछि अर्थात २०३८ मा भीम रावलले ‘नेपालमा साम्यवादी आन्दोलन: उद्भव र विकास’ शिर्षकको सोध तयार पारे । परिणाम- त्रीभूवन विश्वविधालयबाट स्वर्णपदक सहित फर्स्ट क्लास फर्स्ट भएर राजनिती शास्त्रमा स्नातकोत्तर  पुरा गरे ।

नेपाली साम्यवादी राजनितिका सिकारूहरूका लागि ‘अग्निदिक्षा’ सावित भएको त्यो सोधपत्र ४०को दशकमा निलो आकासी पृष्ठभुमिविच चम्किलो रातो रंगको हँसिया-हथौडाको चित्रसहित बजारमा आयो । त्यो सोधपत्रको मुख्य श्रोत सामग्री थिए- उनी विभिन्न समयमा विभिन्न जेलमा पर्दा नेपाली इतर-राजनितीका विभिन्न नेताहरू सँग ( कृष्ण प्रसाद देखि मनमोहनसम्म) भएका भेटघाट, अन्तरवार्ता र कुराकानी ।

पंचायत काल, नेपाली साम्यवादसँग सम्बन्धित अतिन्यून सामाग्रीको उपल्ब्धता, सोधपत्रको गहनता र श्रोतलाई हेर्दा लेखन र अनुसन्धानमा रूचि भएका सबै जनालाई एउटा प्रश्नले सताउँछ-  ‘त्यो समयमा भीम रावलले यती गहन र जटिल विषयको यो सोधपत्र कसरी लेख्न सके?’ जवाफ हो- रावलमा त्यो लगन, त्यो क्षमता थियो र सके ।

नेपाली राजनितिमा कसै अरूले लेखेको सोधपत्रले यति धेरै चर्चा पाएको मलाई थाहा छैन । त्यो पुस्तकलाई ‘कम्यूनिस्ट अन्तर्रराष्ट्रीय’ले अंग्रेजी संस्करणमा प्रकाषन गरि अन्तर्राष्ट्रिय बजारमा ल्याएको पनि एकदशक बढि भैसकेको छ ।

जेलरले अराष्ट्रवादीको बिल्ला भिराएको त्यो ‘केटो’ तात्कालिन भूमिगत नेकपा (माले) समर्थित विभिन्न पत्रीकाका सम्पादक, दस्तावेज कर्ता, नेपाल बार एसोशिएसनको निर्देशक, यूएनको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक, पर्यटन मन्त्री, उपप्रधान तथा गृहमन्त्री हुँदै पछिल्लो समयमा क्रीटिकल थिङ्क्ट्यांक र सबैभन्दा उँचाइ भएको राष्ट्रवादी नेताको रूपमा स्थापित भएकोछ ।नेपाली साम्यवादी आन्दोलनलाई निकटबाट हेर्न प्रयास गरिरहेको यो फेसबुक स्ट्याट्सकर्तालाई थाहा छ- केही वर्ष यता भिम रावल नेपालकै सबैभन्दा व्यस्त नेताहरूको सूचिमा पर्दछन्  ।

धेरैजसो नेपाली नेताहरूले भेउ नै नपाउन सक्ने अत्यन्त जटिल विषयमा बोल्नु, बहस गर्नु, नेपाली बुद्धिजिवीहरूले खोतल्न नसक्ने राजनितिक, कुटनितिक, कानूनी र शुरक्षा इस्यूहरूलाई आम जनताले बुझ्ने भाषामा मुखरित गर्नु, सुदूरपश्चिम प्रदेशको इन्चार्जको रूपमा ९ वटा जिल्लाका विभिन्न स्थानमा पुगेर संगठन विस्तार गर्नु, भेला र कार्यक्रमहरूमा पुगी जनता र कार्यकर्ताहरूलाई बुझ्नु बुझाउनु, अछाम क्षेत्र नं १ को निर्वाचित साँसदको हैसियतमा त्यो क्षेत्रका जनताको विच पुग्नु र केन्द्रमा क्षेत्र विकासका लागि प्रयासरत रहनु  रावलका दिनचर्या हुन ।

उहाँले  विधावारिधी गर्नुभएकोमा बधाई दिने मित्र र शुभेच्छुकहरूको ताँती देखेपछी लाग्यो- आजको समयमा विधावारिधी गर्दा पनि यत्रो खुशी हुनु पर्छ र ? मैले मन्त्री र साँसद हुँदासमेत कसैलाई शुभकामना दिएको याद छैन ! मान्छेहरूले भीम रावलको विधावारिधीलाई तेत्रो महत्व दिनु पर्छ र ?

तर, धेरै साथी, शुभेच्छुक र नातेदारहरूले मलाई ट्याग समेत गरेर लेख्नु भएका शुभकामना हेर्दै जाँदा लाग्यो- मैले अरुको स्ट्याटसमा बधाई र शुभकामना लेखिरहनु भन्दा आफ्नै वालमा शुभकामना लेख्दा के फरक पर्छ र ? शुभकामनाका शव्द लेख्न मोबाइलको किमाथी गएका मेरा औंला धेरैबेरसम्म चलिरहे । शव्द र सम्झनाहरू ओइरिरहे । सम्भवत, एउटा पतिचितका लागि यत्रो प्रशंसा र खुसीका शब्द मैले आजअघि खर्चेको छैन । म चाहान्छु- अब फेरि खर्चन समेत नपरोस !

आजको समयमा विधावारिधी धेरै ठूलो विषय होइन। तर रावलको जीवन, संघर्ष, व्यस्तता र दिनचर्यालाई निकटबाट हेरेको मैले उहाँको विधावारिधीलाई चाहिँ सामान्य रूपमा लिन सकिन र लिनु पनि हुन्न । उहाँकै शव्दमा ‘कुनै व्यक्ती र घटनामाथी बुझेकाहरूले नबोल्नु इतिहासको गतिलाई गलत दिशामा जान दिनु हो र समयविरूद्धको अन्याय हो।”

उहाँको जीवन,  केवल कुनै सामान्य नेता, मन्त्री वा साँसद हुनुमा मात्रै सिमित हुँदो हो त उहाँले ५ विषयमा विधावारिधी गर्नु भएको भएपनि म सामान्य रूपमै लिन्थे हुँला। स्नातक र स्नातकोत्तरमा अध्ययनरत कतिपय मित्रहरूले थेजिज लेख्दा त्रीविका पुस्तकालयमा राखिएका सोधपत्रको फोटोकपी गरि बुझाएको देखेको मलाई (संयोग मिल्न गए माफ गर्नु होला) थाहा छ- भीम रावलको मिहेनत, बौद्धिकता र लगनकोअघि विद्यावारिधी खास केही होइन ।

तर जुन व्यस्तता, संघर्ष र जटिलताविच उहाँले विधावारिधी गर्नु भयो त्यो चाहिँ आफैमा असमान्य हो । उहाँको यो लगन र क्षमताले “राजनिती गर्नेहरू पढ्दैनन र पढ्नेहरू राजनीति गर्दैनन्” भन्ने आम नेपालीहरूको विस्वासलाई समेत भत्काई दिएको छ । विनिर्माण बलियो हुँदै गएको आजको समाजमा यो आफैमा सकारात्मक कुरा हो ।

रावलले यो ‘फेसबुक वाल स्तम्भकार’ सँग गर्नुभएको पुरानो कुराकानीलाई आधार मान्दा उहाँको सोधपत्रले नेपालको राजनितिक इतिहासमा यति विध्न हिंसा फल्नुको कारण खोतल्दै नेकपा माओवादीले चालेको जन्युद्धको सन्दर्भमा नयाँ दृस्टीकोणको खोजी गरेको छ । त्यसैको परिणाम हो- Political Violence and the Maoist Insurgency in Nepal!

  • तपाईँको व्यस्तता, संघर्ष र जटिल दिनचर्याको विचबाट फक्रेको विधावारिधिलाई सतत सलाम क. भीम रावल!