Wednesday, 22, September, 2021 info@saipalnews.com

राजपा र समाजवादीको मधेस प्रदेशु प्रस्ताव पनि अस्वीकृत

धनुषा ४ चैत । प्रदेश २ को नामकरणका लागि सत्तारुढ राजपा र समाजवादी पार्टीले राखेको प्रस्ताव अस्वीकृत भएको छ । दुई तिहाइ पुर्याउन नसकेपछि मधेस प्रदेशुको प्रस्ताव अस्वीकृत भएको हो । यो नामको पक्षमा कूल ६० मत खसेको थियो । मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए। एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो।

यसअघि नेकपा, कांग्रेस र बारा(पर्साका सांसदले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो। नेकपाले प्रदेशको नाम जानकीु, कांग्रेसले मिथिला(भोजपुराु र बारा(पर्साका सांसदले मध्य मधेसु नाम प्रस्ताव गरेका थिए।

सबै प्रस्तावहरु अस्वीकृत भएसँगै अब प्रदेश नामंकनका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ।प्रदेश २ को नामकरण लागि जारी मतदानमा क्रस भोटिङु भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका थिए। दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्‍ना सांसदलाई ह्विप जारी गरेपनि ४ जना सांसदले पक्षमा मत खसालेका थिए।