Saturday, 18, September, 2021 info@saipalnews.com

ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस भनेपछि…

काठमडौं ०४ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्वीट गरेपछि चीनले आपत्ति जनाएको छ ।आज चीनको विदेश मन्त्रालयले ट्रम्पको भनाइको खण्डन गर्दै आपत्ति जनाएको हो ।

चीनले दुःखको घडीमा सहयोग गर्नुको सट्टा आरोप प्रत्यारोपमा उत्रिन उचित नहुने समेत जनाएको छ ।ट्रम्पले पहिलो पटक आफ्नो ट्विटर ‘चिनियाँ भाइरस’ भन्ने वाक्यांश प्रयोग गरेपछि चीनमा अमेरिकाप्रति आक्रोशको स्थिति पैदा भएको छ ।

विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोनाभाइरसको उत्पति चीनमा भएको थियो । अमेरिकाले यही यथार्थमाथि टेकेर चीनविरुद्ध प्रतिष्ठाको युद्ध शुरू गरेको आंकलन गरिएको छ ।