Wednesday, 22, September, 2021 info@saipalnews.com

सीधाकुरा जनतासँगको ‘पत्रकार हुँ भन्ने कपिल पक्राउ

बुटवल ४ चैत । ‘पत्रकार हुँ’ भन्दै सर्वसाधारणलाई ब्ल्याकमेल गर्दै हिँड्ने पाल्पाका कपिल बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासँग’को रुपन्देही प्रतिनिधि हुँ’ भन्दै विभिन्न व्यक्तिसँग सम्पर्क बढाउने र ब्ल्याकमेल गर्ने गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बस्याललाई नियन्त्रणमा लिएको हो ।

विशेष गरी बस्यालले रुपन्देहीका व्यवसायी र महिलाहरुसँग ‘सीधाकुरा जनतासँग’को प्रतिनिधि हुँ, भन्दै सम्पर्क बढाउँथे र पछि पैसा मागेर दुःख दिने गर्थे । यसैबीच बस्यालविरुद्ध पैसा मागेर दुःख दिने गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हो, हामीले पत्रकार हुँ, भन्दै सर्वसाधारणसँग ब्ल्याकमेल गर्दै आएका पाल्पाका बगनासकाली गाउँपालिका–७ का २६ वर्षीय कपिल बस्याललाई नियन्त्रणमा लिएका छौं ।बस्यालले विभिन्न ब्यक्तिहरुलाई रेडियो लुम्बिनीको कार्यक्रम संयोजक हुँ, भन्दै परिचय दिने गरेको तथ्य पनि फेला पारिएको छ ।