Saturday, 18, September, 2021 info@saipalnews.com

कोरोनाविरुद्ध लड्न विश्व बैंकले १६ खर्ब ६६ अर्ब रकम छुट्यायो

काठमाडौं ५ चैत । विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ ।बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसीको निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो ।अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर रकम परिचालन गर्नेछ । प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ ।

यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चालिनेछ । प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जानकारी दिएको छ ।

यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर सहायता रकम घोषणा गरेको थियो । यसअघिको सहायता रकममा ६ अर्ब सहायता प्याकेज ल्याएको थियो । महामारी फैलँदै गएपछि बैंकअन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो ।आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ ।