Wednesday, 19, January, 2022 info@saipalnews.com

ब्रेकिङ : भोली हुने एसईई परीक्षा स्थगित

काठमाडौं ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए ।

किन एकाएक स्थगित भयो परीक्षा ?

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।

विश्वविद्यालयको परीक्षाबारे भोलि निर्णय

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भने निर्णय भइसकेको छैन ।यसमा विषयमा छलफलका गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएका छन् ।छलफलपछि विद्यालयका परीक्षाहरु पनि स्थगित हुनसक्ने बताइएको छ ।