Thursday, 23, September, 2021 info@saipalnews.com

उपसचिव पराजुली ३० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

कास्की ५ चैत । कास्की जिल्ला अदालतका श्रेस्तेदार तथा उपसचिव लोकनाथ पराजुली ३० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । साउन महिनामा हत्या भएका एक व्यक्तिको शव बोक्न प्रयोग भएको गाडी छुटाई दिने भन्दै ३० हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान  आयोग पोखरामा कार्यरत प्रहरी निरीक्षक धर्मराज जोशीको नेतृत्वमा गएको टोलीले पराजुलीलाई रंगेहात प्रक्राउ गरेको हो ।

घुस सहित पक्राउ परेका पराजुलीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान  आयोग पोखरा कार्यरत प्रहरी निरीक्षक जोशीले जानकारी दिनु भएको छ ।