Saturday, 18, September, 2021 info@saipalnews.com

संसद स्थगित गरिँदै, आधिकारिक निर्णय भोलि हुने

काठमाडौं ५ चैत। कोभिड १९ को त्रासका कारण संघीय संसदका बैठक स्थगित गर्ने तयारी भएको छ ।सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र निस्कन परे २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम, सभा सम्मेलन नगर्न आग्रह गरेपछि संसदको बैठक स्थगित गर्ने तयारी भएको हो ।

संसद अधिवेशन स्थगित गर्ने कि अधिवेशन नै अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न भोलि बिहिबार सबै राजनीतिक दलका सचेतक, प्रमुख सचेतकसहितको बैठक बोलाउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । समय भने तय हुन बाँकी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।‘परिस्थितिलाई विचार गरेर निर्णय गर्ने गरी सभामुखले भोलि बैठक राख्ने तयारी गर्नुभएको छ ।

समय तय हुन बाँकी छ । यसबारे आधिकारिक निर्णय भोलि हुन्छ’ न्यौपानेले भने ।यसअघि राष्ट्रिय सभा र प्रतिनिधिसभामा सांसदहरुले संसदको बैठक स्थगित गर्न माग गर्दै आएका थिए । कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रतिनिधि सभामा बोल्दै पटक–पटक संसद स्थगित गर्न माग राख्दै आएकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रमुख सचेतक देव गुरुङले छलफल गरेर मात्रै संसद बैठक स्थगित गर्ने विषय सरकारसँग पनि जोडिएको बताए ।‘सरकारले २५ जना भन्दा बढी जम्मा नहुने भनेको छ ।