Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपाल आक्रमकरुपमा प्रस्तुत हुँदै,आइतबारबाट भारतको हवाई उडान बन्द

काठमाडौँ ६ चैत । भारतले कोभिड१९ को संक्रमण फैलिन नदिन मार्च २२ आइतबारबाट लागु हुने गरी एक साताका लागि अन्तर्राष्ट्रीय उडानहरुको अवतरणमा रोक लगाएको छ ।व्यवसायिक उडान गर्ने कुनै पनि स्थानबाट आउने जहाजलाई अवतरण गर्न नदिने भएपछि नेपाल र भारतबीचका पनि उडान प्रभावित हुने भएको छ।

भारतको यस निर्णयपछि आइतबारबाट त्रिभुवन विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली लगायतका सहरका लागि जहाज उड्‍ने छैनन्।बिहीबार भारतीय सरकारको प्रेस इन्फरमेसन ब्युरोले जनाएअनुसार भारत सरकारले ६५ वर्षभन्दा माथि र १० वर्षभन्दा मुनि उमेरका व्यक्तिलाई घरबाहिर ननिस्किन पनि आग्रह गरेको छ।

यस्तै आपतकालीन तथा अत्यावश्यक सेवामा रहेका बाहेक निजी क्षेत्रमा कार्यरतहरुलाई पनि घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ। भारतमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ भने चार जनाको मृत्यु भएको छ।