Saturday, 18, September, 2021 info@saipalnews.com

नयाँ ड्राइभिङ लाइसेन्सको लागि आवेदन र परीक्षा बन्द

काठमाडौं ६ चैत। सरकारले सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।अब वर्ग थप गर्ने काम पनि रोकिने छ भने नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।