Monday, 20, September, 2021 info@saipalnews.com

मुम्बईबाट घर फर्किएका १ जना क्वारेन्टाइनमा

कपिलवस्तु ६ चैत । रतको मुम्बईबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । कपिलवस्तु नगरपालिका–२, लमतियाका २० वर्षीय बृजमन धोबीलाई तौलिहवास्थित नयाँटोलको महेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । उच्च ज्वरो र रुघाखोकी रहेकाले चिकित्सकको सुझावअनुसार क्वारेन्टाइनमा राखिएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

ज्यालामजदुरी गर्ने धोबी बुधबार मुम्बईबाट आउँदादेखि नै बिरामी थिए । परिवारले बिहीबार उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।प्रहरीले पनि मुम्बईबाट आएका व्यक्ति बिरामी भएको भन्दै खोजी गरेको थियो । अस्पतालले शंकास्पद बिरामी राख्न प्राविमा अस्थायी क्वारेन्टाइन बनाएको छ ।

अस्पतालले संक्रमण भएको वा संक्रमित ठाउँबाट आएर घरमा बसेको व्यक्तिलाई २ देखि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको जिल्ला अस्पताल कपिलवस्तुका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर बन्जाडेले बताए ।