Monday, 23, May, 2022 info@saipalnews.com

सुदुरपश्चिमका भारतबाट फर्किएका थप दुई जना अस्पताल भर्ना

धनगढी ८ चैत। कोरोना भाइरस  संक्रमणको आशङ्कामा थप दुई जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ । शनिवार भारतबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा उनिहरु भर्ना गरिएकोे हो । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले जानकारी दनिु भएको छ ।  उनीहरुको खकारको नमुना सङ्कलन गरेर चेकजाँचको लागि काठमाडौँ पठाइएको श्रेष्ठले बताए ।

यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीनजना भर्ना भएका थिए । उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । साथै गड्डाचौकिबाट नेपाल भित्रिने नेपालको बाक्लो भीड भएकाले सबैको स्वास्थ्य परीक्षण नभएको र चेकजाँच नै नभएपछि सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा रहेको कञ्चनपुरको महेन्द्रनगरका एक जना व्यापारीले बताउनु भएको छ । पछल्लिो ४ दिनमा कोरोना भाइरस देखा परेको देश भारतबाट गड्डाचौकि नाका हुँदै ७० हजार नेपाली प्रवेश गरेका छन् ।