विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ को महामारी फैलिएको छ । यसलाई विश्व स्वास्थय संगठनले विश्वव्यापी महामारीको संज्ञा दिएको छ । साथै यस भाइरसको रोकथामको लागि विश्वका वैज्ञानिकहरुले यो भाइरस रोक्न विभिन्न उपायहरु अपनाउन थालेका छन् ।
तर नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन् ।यो नेपालीको लागि सुखद् कुरा हो । तर कोरोना भेटिएन् भनेर ढुंक्क हुने ठाउँ भने छैन् । यही विषयमा सुदूरपश्चि सरकारले कोरोना भाइरसको संक्रमण भेटिएको अवस्थामा के कस्तो उपाय अपनाएको छ । यसै विययमा साइपाल न्यूजकर्मी शरद रिजालले प्रदेश ७ का सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसँग गरेको कुराकानीको एक अंश :
विश्व कोरोना भाइरसको चपेट्टामा छ,यसको संक्रमण नेपालमा पनि भेटिन् सक्छ यसबाट बच्न सुदूरपश्चिम प्रदेशले के केस्तो उपाय अपनाएको छ अनि के तयारी गरेको छ ?
सुदूरपश्चिम सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न खाले उपायहरु अपनाएको छ । सीमानाकामा स्वास्थय परीक्षण लगायतको हेल्थडेक्स स्थापना गरिएको छ । विश्व कोरोनासँग जुधिरहेको बेला हामीले भने संक्रमण हुन नदिन लागि परेका छौँ ।
यदी हाम्रो प्रदेशमा भाइरसको संक्रमण भेटिहालेपनि हामीले त्योसँग जुध्न विभिन्न तयारी गर्दैछु । यस विषयमा हाम्रो अन्य प्रदेश भन्दा पहिले सबै सरोकारवादा निकायहरुलाई सामाजिक विकास मन्त्रालयमा बोलाएर पूर्व तयारीको सन्दर्भमा छ्लफल गरी सकेका छौँ ।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसलाई देखिन नदिन हामीले विभिन्न जनचेतना मूलक कार्यक्रम गरिरहेका छौँ । साथै प्रदेशका ९ वटै जिल्ला विभिन्न स्थानमा स्थानीय सरकारको र प्रदेश सरकारको समन्वयमा जनशक्ती समेत व्यावस्थापन गरेका छौँ ।
सुदूरपश्चिमका धेरै नाका भारतसँग जोडिएका छन् जसबाट कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन सक्ने खत्रा छ त्यसले सीमानामा के कस्तो व्यवस्था गर्नु भएको छ ?
हो तपाईले ठिक भन्नु भो । सुदूरपश्चिमका धेरै नामा भारतसँग जोडिएका छन् । लाखैँको संख्यामा यहाँका जनता रोजगारको लागि भारत छन् । भारतमा कोरोना पनि कोरोनाको संक्रमण बढे्सँग नेपाल फर्किनेको पनि बाक्लो भीड छ । त्यसलाई हामीले ध्यानमा राखेर कैलालीको त्रीनगर,टिकापुरको भजनी,कञ्चनपुरको गड्डाचौकी,दोधारा चादनी, डडेल्धुराको पर्शुराम,बैतडीको झुलाघाट,बिनायक,दार्चुला जिल्लाको महाकाली नगरपालिकाको खलङ्गा,मालिका अर्जुन गाउँपालिकाको जौलीदुरी गरेर १८ नाकासँगै धनगढी उपमहानगरको विमानस्थल र कर्णाली पुलमा गरी १९ स्थानमा हेल्थ डेस्कहरु सन्चालनमा ल्याएका छौँ ।
अहिलेसम्म हामीले विशेष गरी कञ्चनपुरको गड्डाचौकी नाका र कैलालीको भन्सार नाकामा कडा चेकजाँच व्यवस्था गरेका छौँ । अहिलेसम्म गड्डाचौकीबाट करिवबाट नेपाल प्रवेश गर्ने ६२ हजार कैलालीको भन्सार नाकाबाट भित्रिने ३६ हजार मानिसको स्वास्थ्य परीक्षण गरेको गरिसकेका छौँ ।
सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली कन्चनपुर जिल्लाका सिडिओ तथा तिनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेर चेकजाँचमा कडाइ गर्दै आइसोलेवन वार्ड र क्वारेन्टाइनको पनि व्यवस्था गरेका छौँ । कैलालीको सेती प्रादेशिक अस्पताल अलिकती सानो भएको हुँदा जिल्ला समन्वय समितिकको कार्यालयसँगै रहेको जग्गामा ५० बेडको छुट्टै अस्थायी अस्पताल बनाउने योजना गरेका छौँ ।
औषधीहरु प्रयाप्त अवस्थामा राखेका छौ र आपूर्ति व्यवस्थापन विभागसँग समन्वय गरी प्रत्र्यक अस्पताललाइ प्राप्त आइसोलेसन बेड राख्ने प्रबन्ध गर्दै छौँ । साथै कैलाली कञ्चनपुरबाट चेकजाँच नगरी केही पहाड गएपनि उनीको चेकजाँचका लागि डोटीको जोरायल गाउँपालिकाको बुडौल दिपायल र सिलुगडीमा पुन उहाँको चेक जाछ गर्ने व्यवस्था मिलाएका छौँ।
कोरोना भाइरसको संक्तमण नफैलिनु त राम्रो कुरा हो यदी फैलि हाल्यो भने यसको व्यवस्थापनको लागि सुदुरपस्चिम सरकारले चाही कस्तो प्रकृया अपनाउँछ ? ।
सुदूरपश्चिम सरकारसँग पूर्वाधारका सामग्रीहरु प्रसस्त छन् । स्वास्थ्य जनशक्ति भने केही कम छ । त्यसको लागि हामीले नयाँ जनशत्तिको लागि बिज्ञापन गरेको छौँ । त्यसैले भने छिट्टै नयाँ जनशक्ति थप्ने तयारीमा प्रदेश सरकार छ । प्रदेशसँग केही विज्ञ जनशक्तिको अभाव छ । तयसको लागि हामीले केन्द्र सरकारसँग विज्ञ जनशक्ति पठाई दिन अनुरोध गरेका छौँ ।