Sunday, 22, May, 2022 info@saipalnews.com

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४० पुग्यो, २४ घण्टामै ८४ जनाको मृत्यु

काठमाडौं ९ चैत्र । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ का कारण ज्यान गुमाउनेको ३४० पुगेको छ ।कारोनासँग विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ८४ जनाको मृत्यु भएको छ भने ७ हजार ३०१ जनामा संक्रमण देखिएको छ ।

वर्ल्डो मिटरर्स डट इन्फोको अनुसार हालसम्म अमेरिकामा कोरोनाबाट संक्रमण हुनेको संख्या २६ हजार ६८४ पुगेको छ । तीमध्ये १७६ जना पूर्ण रुपमा निको भएका छन् । अहिले २६ हजार १६८ जनामा कोरोनाको संक्रमण रहेको छ तीमध्ये ६४ जना भने गम्भीर अवस्थामा छन् ।

अहिसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार ५० पुगेको छ । ३ लाख ४ हजार ९९९ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ९४ हजार ७९३ उपचारपछि घर फर्किएका छन् ।गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ८५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।