Saturday, 21, May, 2022 info@saipalnews.com

कैलालीमा बम विस्फोट एकको मृत्यु, प्रहरी टोली घटनास्थलमा

धनगढी ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४ फुलनबस्तीमा पित्तलजस्तो वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतका अनुसार दाउरा लिन जंगलमा जाँदा फेला परेको पित्तलजस्तो वस्तु घरमा ल्याएर आगोमा गलाउन खोज्दा विस्फोट भएर फुलनबस्तीका ४० वर्षीय दलबहादुर विकको मृत्यु भएकोहो ।

बिस्फोट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछिइलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले बताए।