Thursday, 23, September, 2021 info@saipalnews.com

सचिव खरालको आरोप निराधार भएको मन्त्री भट्टको प्रस्टोक्ति

कैलाली ९ चैत । सुदूरपश्चिम प्रदेश सरकार  उधोग  पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयका सचिव डा दिपककुमार खरालले मन्त्रीले ज्यान मार्ने धम्की दिएको आरोपको खण्डन गर्नुभएको छ । गत वर्षको भदौ महिनामा मन्त्रालयमा सचिवकोरूपमा सरूवा भएर आएका खराल मन्त्रालयको काम लथालिंग छाडेर संघीय राजधानी बस्दै आएका थिए ।

गत ७ महिनाको अवधिमा मुस्किलले ८८ दिन मन्त्रालयमा हाजिर भएका खरालकै कारण मन्त्रालयको कामकाज प्रभावित बन्न लागेपछि उनको सरूवाकालागि पहल भएको थियो । मन्त्रालयको सचिव सरकारी काम अलपत्र पारेर संघीय राजधानी मोहमा फसेपछि उनको विकल्प खोजेको मन्त्री भट्टले बताउनु भएको छ ।

काम कारबाही अस्तब्यस्त पारेर मन्त्रालयका योजनाहरू कार्यान्वयनमा बाधा पुगाउने नियत देखियो मन्त्री भट्टले भन्नु भयो ‘ मन्त्रायलका योजना कार्यान्वयनमा ब्यवधान खड़ा गरेर मन्त्रीलाई असफल देखाउने प्रयत्नमा सचिव लागेको देखियो ।

सचिव सरकारको सहयोगिकारूपमा खट्नु पर्नेमा ब्यवधान खडागर्न लागेपछि सरूवा गर्नु परेको भन्दै मन्त्री भट्टले सरूवामा परेको आवेगमा ज्यान मार्ने धम्की दिएको कपोलकल्पित आरोप लगाएको हुनसक्ने बताउनु भयो ।

मन्त्रालयमा न्यून उपस्थिती हुने र कार्यसम्पादनमा ढिलासुस्ती गर्ने र योजना कार्यान्वयनमा लैजान बारम्बार आग्रह गर्दा आनाकानी गरेपछि मन्त्री भट्टले चैत्र ५ गते कार्यकक्षमा उपसचिव जनकराज पाध्याय सँगै कार्यसम्पादनका सन्दर्भमा भएको छलफल र कार्यसम्पादनमा भएको ढिलाईका  विषयमा स्मरण गराउँदै अव नयाँ सचिव मार्फत योजना कार्यान्वयनमा लैजाने कुरा गरेपछि सचिव बरालले उक्त कुरालाई  अतिरंजिततवरले संचारमाध्यममा प्रवाह गरेको जानकारी प्राप्त भएको छ ।

मन्त्री र मन्त्रालयका अन्य कर्मचारीका बीचमा भएको छलफललाई सचिव खरालले  आफुलाइ ज्यानमार्ने धम्की दिएको भनि प्रमुख सचिव र  कैलाली जिल्लाका प्रमुख जिल्ला लाई जानकारी गराउनु आफैमा हास्यास्पद रहेको मन्त्री माया भट्टको सचिबालयद्वारा जारी  बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ ‘माननीय मन्त्री ज्यु उपसचिव ज्यु र सचिव खराल सम्मिलित बैठकमा ज्यानमार्ने धम्की दिइयो भन्नू आफै बिरोधाभाषपूर्ण  रहेको छ । दुइजना पुरुष कर्मचारी सहभागी  बैठकमा मन्त्रीले ज्यानमार्ने धम्की दिएको भन्नु कपोलकल्पित र पूर्बाग्रहपुर्ण लान्छना भएको बिज्ञप्तीमा उल्लेख छ ।

सचिव खराल सुदूरपश्चिम प्रदेश सरकारको उधोग पर्यटन जन तथा वातावरण मन्त्रालयबाट फाल्गुन २६ गते संघीय सरकारले सरुवा गरिसके पछि चैत्र ६ गते मात्रै उनले मन्त्रीबाट ज्यान मार्ने धम्की दिएको भनेर भन्नु सरुवाको प्रताडनाले प्रतिशोधपुर्ण तवरले लगाएको प्रस्ट हुन्छ ।

संघीय सरकार र प्रदेश सरकारको सुखी नेपाली र समृद्द नेपाल हुँदै समाजबाद उन्मुख कार्यक्रमलार्इ निस्तेज पार्ने प्रयत्न अनुरुप बदनियत तपरले कार्य गरेको भन्दै सचिवालयद्वारा जारी बिज्ञप्तीमा ‘तथ्यहिन मिथ्या आरोप लगाउने सचिव खरालले आफू गैर जिम्मेवारपुर्ण रुपमा मन्त्रालयमा अनुपस्थित हुने मन्त्रालयीय काम कारबाहीमा ढिलासुस्ती गर्ने र जनतालाई दुख दिने नियत रहेको देखिन्छ ।