Monday, 20, September, 2021 info@saipalnews.com

बालुवाटारमा जारी छ मन्त्रिपरिषद् बैठक

काठमाडौँ ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि पहिलोपटक उनको नेतृत्वमा आइतबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलेको छ।प्रधानमन्त्रीको अनुपस्थितिमा करिब तीन सातादेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आइतबार बसेको हो।

मन्त्रिपरिषद् बैठकले कोभिड १९ का सम्बन्धमा निर्णय लिनसक्ने बताइएको छ।प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक बसिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।