Wednesday, 25, May, 2022 info@saipalnews.com

धनगढी रंगशालामा २ सय ५० वेडको आइसोलेसन कक्ष निर्माण हुँदै

धनगढी । धनगढी स्थित रंगशालामा आइसोलेसन कक्ष निर्माण शुरु गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ९कोडिभ १९० भित्रिन नदिन र भित्रिसके पछिको अवस्थामा उपचारको व्यवस्थापनका लागि आइसोलेसन कक्ष निर्माण गरिन लागेको हो ।

सो क्षेत्रमा मात्रै २ सय ५० वेडसम्मको आइसोलेसन कक्ष  निर्माण गरिन लागेको बताइएको छ । जोखिमको पूर्व तयारी तीव्ररुपमा थालिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो ।

विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार धनगढी रंगशालामा नेपाली सेनाको सहकार्यमा आइसोलेसन कक्षको निर्माण कार्य सुरु गरिएको हो ।सामाजिक विकास मन्त्री  सुवेदीले आज निर्माण स्थलमा अनुगमन तथा आवश्यक निर्देशन तथा सुझाव समेत दिनु भएको थियो  ।