Wednesday, 22, September, 2021 info@saipalnews.com

नेकपाका सांसद अक्कल रावल रिहा

धनगढी १० चैत । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावल रिहा भएका छन् । जिल्ला अदालत कैलालीले रावललाई रिहा गर्न आदेश दिएको हो ।सोमबार भएको थुनछेक बहसपछि रावललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । एक महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाएपछि रावललााई जिल्ला प्रहरी कार्यालय कैलालीमा हिरासतमा राखेर अनुसन्धान थालेको थियो ।

सत्तारुढ ९नेकपा०का प्रदेशसभाका सचेतक समेत रहेका रावलमाथि लगाएको आरोप पुष्टी नभएकोले पुर्पक्षामा बस्नु नपर्ने फैसला अदालतले गरेको छ । यो फैसलासँगै रावल धरौटीमा रिहा भएका हुन् ।

आफूविरुद्ध उजुरी परेको खबर पाएपछि रावल आफै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि उनले आफूविरुद्ध सुनियोजित रुपमा षड्यन्त्र भएको बताउँदै म‍ुद्दाको फेस गर्ने बताएका थिए । उनले आरोप पुष्टी गर्न चेतावनी समेत दिएका थिए ।यद्यपी ती महिलाले आफूलाई दवाव दिएर उजरी दिएको भन्दैं फिर्ता लिएको निवेदन समेत जिल्ला प्रहरी कार्यालय कैला‍लीमा दिइसकेकी थिइन ।