Wednesday, 22, September, 2021 info@saipalnews.com

राजविराजमा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि सेना खटाइयो

काठमाडौँ ११ चैत । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।

आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको छ। अन्य जिल्लामा भने स्थिति सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए।राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताए।

उनले भने, हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरले बताउनु भयो । साभार कान्तिपुर ।