Thursday, 23, September, 2021 info@saipalnews.com

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्युयोर्क ११ चैत । लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय नेपाली नागरिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले जानकारी दिए । मृतकका आफन्तले फोनमार्फत आफूलाई खबर गरेको कन्सुलेट भट्टराईले बताए ।

शुक्रबारदेखि क्वीन्सस्थित एलमहष्ट अस्पतालको सघन उपचार कक्षमा उपचाररत ती व्यक्तिको स्थानीय समयअनुसार सोमबार राति निधन भएको गैरआवासीय नेपाली संघ एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले जानकारी दिए ।

मृतक न्युयोर्कमा उबर चालकका रुपमा काम गर्दै आएको पनि अधिकारीले जानकारी दिए । अमेरिकामा कोरोना संक्रमण फैलिन थालेपछि उनी दुई हप्तादेखि घरमै बसेका थिए । तर एक्कासि ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।