Monday, 20, September, 2021 info@saipalnews.com

कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

वीरगञ्ज १२ चैत । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।