Wednesday, 22, September, 2021 info@saipalnews.com

त्रिवेणी नगरपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखियो

बाजुरा १३ चैत । त्रिवेणी नगरपालिकाले भारतका विभिन्न जिल्लाबाट काम गरेर फर्केका त्रिवेणी नगरपालिकाका बासिन्दालाई क्वारेन्टाइनमा राखेको छ । सुदुरपश्मिका  कैलालीको त्रिनगर भन्सार र कन्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आएका  नागरिकलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको हो ।

नेपाल प्रवेश गरेका  महिला पुरुष गरी ९  र १ जना बालक गरी जम्मा १० जनालाई नगरपालिकाले नजिकै रहेको तोली स्वास्थ्य चौकीको भवनमा   क्वारेन्टाइनमको व्यवस्था मिलाएर राखेको गरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र  साउंदले जानकारी दिए । अन्य ओहोरदोहोर गर्ने स्थानीय नागरिकलाई पनि  शंकास्पद देखिए निगरानीमा राखेर हेल्प डेक्सको स्थापना गरि चेकजाँच गरेर मात्र घरमा पठाउने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख चिरनजिवी शाहले वताए ।

विश्वभरी फैलिपएको भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गर्न सम्पुर्ण नगर वासिलाई त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले आग्रह गर्नुभयो , उहाले भन्नुभयो  क्वारेन्टाइनमा राखिएकाहरुलाई  १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मो्मिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको जानकारी दिनुभयो  ।

क्वारेन्टाइनमा राखिएका सबैको खाने, बस्ने व्यवस्था नगरपालिकाले नै गरेको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीबाट ‘हेल्प डेस्क’ मा स्थानीय र विदेशबाट नेपाल आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा खोकीको चेकजाँच  पनिकडा गरीनु साथै टोल टोलमा गएर साबुन पनि बितरण गरेकोे नगर प्रमुख रावलले वताए  ।

  • फोटो नविन साउद बाजुरा तोली