Wednesday, 22, September, 2021 info@saipalnews.com

मंगलवार सम्म कोरोना जाँच गर्ने ल्याब स्थापना भईसक्छ : मंत्री सुवेदी

चैत्र १३, धनगढी । सूदुरपश्चिमका आशंकित कोराना भाइरसका विमारीलाई लक्षित गरेर आउँदो मंगलबारसम्ममा सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याब स्थापना हुने भएको छ । 
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार संघीय सरकारले आउदो मंगलबारसम्ममा धनगढीमा आशंकित कोरोना भाइरसका विमारीका नमूना परीक्षण गर्नकालागि ल्याब स्थापना गर्ने भएको हो । 
त्यसपछि आशंकित नमूना काठमाडौ पठाउनु पर्ने झंझटको अन्त्य हुने मन्त्री सुवदीले बताए । संघीय सरकारले सातैवटै प्रदेशमा कोरोना भाइरस हो होइन भन्ने छुट्याउनकालागि परीक्षण गर्ने ल्याब स्थापना गर्ने नीति अनुसार सेती प्रादेशिक अस्पतालमा ल्याब राख्न थालिएको उनले बताए । 
सोही नीति अनुसार हालै मात्र १ नम्बर प्रदेशको धरानमा कोरोना भाइरसको परीक्षण गर्ने गरेर ल्याब स्थापना गरिएको छ ।