Wednesday, 22, September, 2021 info@saipalnews.com

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेकपा अछामको आग्रह

अछाम १४ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपा अछामले विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमणबाट बच्नको लागि सुरक्षित रहन आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा परिसकेकाले जिल्लावासीहरुलाई सुरक्षित र संयमित रहन अपिल गरिएको छ ।

नेकपा अछामका अध्यक्ष शेरबहादुर कुँवरद्वारा जारी प्रेस बिज्ञप्तीमा भारतमा हाल कोरोना भाइरसले कोभिड १९ को संक्रमण बढिरहेको  सन्दर्भमा अछाम जिल्लाबाट रोजगारीको सिलसिलामा भारत गएका  जिल्लावासी चैते दशै लगायतका चाडपर्व मनाउने उदेश्यले घर फर्किरहेको भन्दै जिल्ला फर्केका सवैलाई साबधान रहि केही समय आफ्नो घरमा सुरक्षित बस्न आग्रह गरिएको छ ।

बिज्ञप्तीमा कोही कसैलाइ कोरोना भाइरस कोभिड १९ को संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंग सम्पर्क गरि उपचारको प्रक्रियामा जान आग्रह गरिएको छ ।

यसै गरि पार्टीका सम्पुर्ण तहका नेता कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट जिल्लाबासीलाई सजग र सतर्क गराउँदै कोरोना भाइरसको विश्वब्यापी महामारीसँगको कठिन र चुनौतीपूर्ण लडाइमा विजय प्राप्त गर्न उच्च मनोवलका साथ आवश्यक सावधानी र सतर्कता अपनाउँदै सहयोग गर्न आग्रह गर्दछौँ जारी बिज्ञप्तीमा भनिएको छ ।