काठमाडौँ १४ चैत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ। उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा। क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो ।कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन्,वक्तव्यमा भनिएको छ ।