Thursday, 23, September, 2021 info@saipalnews.com

कोरोनाका चौँथो संक्रमित धनगढीमा भेटिए

धनगढी १४ चैत ।नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।दुवईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा. बिकास देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले साँझ आकस्मिक  ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। डा.देवकोटाका अनुसार ति व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

मन्त्रालयले यस अघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर,साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त कुरा सार्वजनिक गरेको हो।