Wednesday, 19, January, 2022 info@saipalnews.com

नमुना लिन गएको जहाज धावनमार्गमा क्र्यास ल्यान्ड

काठमाडौँ १५ चैत । काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा बिहान ११:३० मा क्र्यास (ल्यान्ड भएको छ ।विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्। जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो। चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ।