Saturday, 18, September, 2021 info@saipalnews.com

कोरोना भाईरसको जोखिम व्यवस्थापन गर्न सुदूरपश्चिम सरकारको ४० करोड

धनगढी १५ चैत। सुदूरपश्चिम प्रदेश सरकारले कारोना भाईसरको जोखिम नियन्त्रण र उपचार व्यवस्थापन राहत कोष स्थापना गर्नेनिर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको ७० औं बैठकले सो कोषमा ४० करोड बजेट प्रदेश सरकारले उपलब्ध गराउने निर्णयगरेको हो ।

बैठकले सर्वसाधारण तथा संघसस्थाहरुले समेत राहत रकम जम्मा गर्न सक्ने गरी उक्त कोष  बनाएको सरकारका प्रवक्ता एवं आन्तरिकमामिला तथा कानून मन्त्री प्रकाश बहादुर  शाहले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसको उपचारकोलागि सेति प्रादेशिक अस्पताललाई डेडिकेडेटअस्पतालको रुपमा तोक्ने निर्णय गरेको छ । यसैगरी कोरोना भाईसको जोखिम तथा न्यूनिकरणलाई लक्षित गरेर मन्त्रीपरिषदकोबैठकले प्रदेशका विभिन्न मन्त्रालयलाई कामको जिम्मेवारी समेत तोेकेको छ ।

प्रदेशको शान्ति सुरक्षा चुस्त र दुरुस्त बनाउन आन्तरिकमामिला तथा कानून मन्त्रालय, स्वास्थ्यको सम्पुर्ण जिम्मेवारी सामाजिक विकास मन्त्रालय, खाद्यन्न र इनधन आपूर्तीकोलागि उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्रालय, आर्थिक श्रोतको व्यवस्थापनकालागि आर्थिक मामिला तथा योजना मन्त्रालय, क्वारेन्टाईन स्थापनागरिएका सम्पुर्ण स्थानमा खानेपानी, शौचालय निर्माण  गर्न भौतिक पुर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले कारोना भाईरसको नियन्त्रण तथा व्यवस्थापनकोलागि निजी हस्पिटलसंगसहयोगको अपिल गर्न निर्णय गरेको छ । यस्तै बैठकले दैनिक ज्यालादारी गरेर खाने व्यक्तिकालागि राहत प्यकेज बनाउने निर्णय गरेको छ । सो राहतकालागि  आन्तरिक मामिलामंत्रालयलाई ज़िम्मेवारी दिने निर्णय गरेको छ ।

निर्माण भएका र गर्नु पर्ने क्वारेन्टाइन कार्यन्वयन गर्न स्थानीय तहसंग समन्वय गर्नआन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मंत्री परिषदको बैठकले कोरोना भाईरसको परिक्षणल्याव सेती प्रादेशिक अस्पताल धनगढी, बैतडी र डोटी जिल्लामा स्थापना गर्ने निर्णय गरेको छ ।