Wednesday, 22, September, 2021 info@saipalnews.com

वाइडबडी जहाज अस्ट्रेलिया उड्दै

काठमाडौँ १५ चैत । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका अस्ट्रेलियाली पर्यटकलाई नेपाल वायुसेवा निगमको वाइडबडी विमानले उद्धार गर्ने भएको छ । निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, शनिबार अस्ट्रेलियन दूतावासले निगमको वाइडबडी विमान चार्टर उडान गर्ने पक्कापक्की गरेको हो।

एक साताभित्र हामी काठमाडौंमा रहेका अस्ट्रेलियाली पर्यटकलाई सिड्‍नी चार्टर उडानबाट लैजाँदै छौं,’ उनले भने।निगमकै स्रोतका अनुसार आउने बुधबार वाइडबडी विमान अस्ट्रेलियाली नागरिक बोकेर सिड्‌नी उड्ने पक्कापक्की भएको छ। दूतावाससँग लिखित सम्झौता एकरदुई दिनमा हुनेछ।

स्रोतका अनुसार निगम अघि दूतावासले कतार एयरवेजको विमानबाट उद्धार गर्न छलफल गरेको थियो। तर, अन्तिमसमयमा कतारसँग कुरा नमिलेपछि निगमको वाइडबडी लिने पक्कापक्की भएको हो।

निगमसँग २७४ सिट क्षमताका दुईटा एयरबसका ३३० वाइडबडी विमान छन्।निगमले वाइडबडी विमानबाट चीनको छेन्दु, ग्वाङजाउ र कुनमिङमा पनि चार्टर उडान गर्दैछ। तर यी सहरबाट कार्गो उडान हुनेछ। कान्तिपुरबाट साभार ।