Thursday, 23, September, 2021 info@saipalnews.com

दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने मन्त्री भट्टको प्रतिवद्धता

धनगढी १५ चैत । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि सर्वसाधारणलाई खाध्यन्न लगायतका सामग्रीको अभाव हुन थालेको छ । तर सुदूरपश्च्मि प्रदेश सरकारले भने सुदूरपश्चिमवासीलाई खाद्ययन्न आपुर्तिकालागि प्रभावकारी कदम चालिरहेको  जनाएको छ  ।

लकडाउन अवधिमा सर्वसाधारणलाई  खाध्य लगायतका  सामग्री  सहज आपुर्तिकालागि स्थानियस्तरमा प्रभावकारी ढङगले अनुगमन गरि आवश्यक परे  पहाडी जिल्लामा ढुवानीकालागि  प्रबन्ध  गरिने उधोग पर्यटन वन  तथा  वातावरण  मन्त्री  माया  भट्टले  वताउनुभयो । शनिवार  मन्त्रालयमा मन्त्री भट्टको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्री भट्टले उक्त कुरा बताएकी हुन् ।

बैठकमा मन्त्रालयका  निमित्त सचिव जनक पाध्या, कैलालीका  प्रमुख  जिल्ला  अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैठकपछि मन्त्रालयका निमित सचिव जनक पाध्याले सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन जिल्ला स्तरमा रहेका सरोकारवाला निकायवाट स्थलगत रिपोर्ट अध्ययन गरि थप कदम चाल्ने बताए  ।

उनले  कुनैपनि हालतमा अभाव  हुन नदिने भन्दै हाललाई ६ महिना पुग्ने खाध्यन्न लगायतका सामग्री मौज्दात  रहेको बताए । बजारमा  कृतिम  अभाव  हुन  नदिने गरी  योजना  बनेको  भन्दै उनले कृतिम  अभाव  हुन नदिन जिल्ला स्तरमा सहायक  प्रजिअको संयोजकत्वमा एउटा  अनुगमन समिति क्रियाशील रहेको जानकारी दिए ।

जिल्लामा घरेलु अधिकृतको  संयोजकत्वमा अर्को समिती  पनि क्रियाशील रहेको भन्दै उनले जिल्लामा क्रियाशील  समितीवाट अवस्था वुझ्ने  काम  भइरहेको उधोग  पर्यटन  वन तथा  वातावरण  मन्त्रालयका  सचिव  जनक पाध्याले  जानकारी दिए।