Thursday, 23, September, 2021 info@saipalnews.com

सरकारको राहत प्याकेज: विद्युत महसुल र खाद्यान्नमा छुट

काठमाडौँ १६ चैत । सरकारले कोरोना भाइरस कोभिड–१९ बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै,खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।