Thursday, 27, January, 2022 info@saipalnews.com

क्वारेन्टाइन नबनाई आइसोलेसन वार्डको प्रचार

अछाम १७ चैत । कोरोना भाइरस अर्थात  कोभिड १९ ले विश्वमा हलचल मच्चाई रहेका बेला अछाममा यसको रोकथाम र नियन्त्रणका नाममा केही स्थानीय तहले काम भन्दा पनि आम नागरिकको स्वास्थ्य प्रचारको विषयबस्तु बनाएको पाइएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाले आफ्ना नगरका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै पञ्चदेव विनायक नगरपालिका वडा नम्बर २ मा रहेको विनायक स्वास्थ्य चौकी र कालिकास्थानमा रहेको कुच्ची स्वास्थ्य चौकीमा आइसोलेशन वार्ड तयार पारेको भन्दै संचारमाध्ययममा समाचार र सूचना प्रकाशन र प्रशारण गर्न लगाए पनि उक्त उक्त स्थानमा आइसोलेशन वार्ड तयार नभएको भेटिएको छ ।

पन्चदेवल विनायक नगरपालिकाका निमित्त  प्रमुख प्रशासकीय अधिकृत पदमवहादुर माझीको स्वरमा स्थानीय रेडियो एफएमहरुमा प्रसारण भैरहेको सूचना सन्देशमा कुच्ची स्वास्थ्य चौकिमा आइसुलेसन वार्ड बनाइएको उल्लेख गरिएको छ । तर कुच्ची स्वास्थ्य चौकीमा आइसोलेशन वार्डका नाममा बर्थिङ् सेन्टरकालागि प्रयोग भएका बेडहरु सार्वजनिक खपतकोलागि देखाएको पाइएको हो ।

नेपाली कांग्रेस अछामका सह–सचिब तथा पार्टी  प्रवक्ता एवम् नेपाल पत्रकार महासँघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले दिएको जानकारी अनुसार कुच्ची स्वास्थ्य चौकीमा आइसोलेशन वार्ड तयार भएको छैन् ।

नगरपालीकाले सस्तो लोकप्रियताका लागि झुटा प्रचार गर्यो,तिमिल्सैनाले भने,अहिलेसम्म उक्त स्थानमा कुनै तयारी नभएको पाइएको छ । कुच्ची स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कुनै जानकारी नै नदिई आइसोलेशन वार्डका नाममा गलत प्रचार गरिएको छ ।

यता पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझिका अनुसार नगर कार्यपालीकाको आकस्मिक बैठकले कुच्ची स्वास्थ्य चौकीमा आइसोलेशन वार्ड वनाउने निर्णय गरेको भएपनि अहिले तयार नभएको बताए । माझीले पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर ४ कालिकास्थानका वडा अध्यक्ष सज्जनबहादुर शाहीले आफ्नो वडामा रहको स्वास्थ्य चौकीमा आइसोलेशन वार्ड निर्माण गर्ने जिम्मा लिएको जानकारी दिए ।

उता कुच्ची स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष सज्जनबहादुर शाहीले  निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझिको धारणाको खण्डन गरेका छन ।  निमित्त प्रमुख प्रशासकीय अधिकृतले भनेको कुरामा कुनै सत्यता छैन् ।

खबरमा कुनै सत्यता नभएको आफुले यो विषयमा कुनै जिम्मेवारी पनि नलिएको भन्दै शाहीले भने पदम जि ले भ्रामक , असत्य र तथ्यहिन कुरा गरेर भ्रम छरेको आरोप लगाए ।  स्वाथ्य चौकीको बर्थिङ्ग सेन्टरमा प्रयोग गरीएका बेडहरु पनि प्रयोग नगरीएको समेत बताए । स्वास्थ्य चौकीमा आइसोलेशन वार्डको निर्माण पनि नगरेको उनको भनाई छ ।

सामाजिक संजाल मार्फत काँग्रेसका सह सचिव एवं प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले  सँकटको घडिमा सबै नागरीकको स्वास्थ्यमा ध्यान दिनु स्थानियतहहरुको जिम्मेवारी भएकाले सस्तो लोक प्रियताका लागि लाचारीपन नदेखाई दिन र जनताको स्वास्थ्यको ख्याल गर्न पनि  सञ्चारकर्मी स्थानीयतहहरुलाई आग्रह गरेका छन् ।