काठमाडौँ १७ चैत । दर्शन र सँस्कृतीका दृष्टिले संसार दुई भागमा बाँंडिएको छ । पूर्विय दर्शन र सँस्कृतिले पश्चिमाहरूको जिवनशैली, जिवनप्रतिको दृस्टिकोण र सँस्कृतिलाई हीन देख्छ । पश्चिमाहरू यो मामलामा अँझ बढि नै आक्रामक छ्न । उनिहरूले वर्षौँदेखि हिन्दु र बौद्ध धर्म भन्दा इसाई धर्म उन्नत, पुर्विय संस्कार भन्दा पश्चिमा जिवनशैली विकसित र वैज्ञानिक भनेर दावीमात्र गरेका छैनन, त्यसलाई प्रमाणित गर्न समेत कुनै कसूर छोडेका छैनन् ।
हामी बुझौं या नबुझौं उनिहरूले हिजोदेखि आजसम्म पूर्विय मुलुकहरू माथी गरेका सम्पूर्ण आक्रमण, शासन र शोषण वास्तवमा पूर्विय सभ्यता विरूद्धका हमला हुन । पूर्वी गोलार्धका देश, शभ्यता, सँस्कृति, खानपिन र जीवन शैलीलाई घृणाका आँखाले हेर्ने पश्चिमा राष्ट्रहरूले
जुनसुकै बहानामा कोरिया, अफगानिस्तान, इरान, इराक, रूस, चीन, भियतनाम आदि मुलुकमाथि गरेका युद्ध र आक्रमणको अन्तस्प्रेरणा दर्शन र शभ्यता नै हो । वर्तमान विश्वका रूस, चीन, इरान र उत्तरकोरिजस्ता मुलुकहरू विरूद्ध भैरहेका विभिन्न खाले प्रहारहरूपनि त्यही विभाजनका परिणाम हुन् ।
चीनको वुहानमा पहिलो पटक देखा परेको कोभिड-१९ ले पश्चिमा दृष्टिकोणमा थोरै भएपनि परिवर्तन ल्याईसिएको छ । पुर्विय मुलुकहरूले उक्त भाइरस विरूद्ध जुन लडाईँ लडे, पश्चिमाहरूले त्यो लडाईँ लड्न सकिरहेका छैनन् ।
फलत स् कोभिड-१९ को मृत्यूदायी पन्जा दक्षिण एशियाली मुलुक, मध्य पुर्वी राष्ट्र तथा दक्षिण पुर्वी यसियाली मुलुकहरूको तुलनामा पश्चिमा मुलुकहरूमा बलियो हुँदै गैरहेको छ । विज्ञानले अध्य्यन(अनुसन्धान गर्दै जाला)यसियाली मुलुकमा कोभिड-१९ नियन्त्रण उन्मुख हुनु र पश्चिमा मुलुकहरूमा अनियन्त्रित हुँदै जानुमा दर्शन, सँस्कृती र जिवन्शैलीको ठूलो योगदान रहेको छ ।
हालैका दिनमा कोभिड-१९ आक्रान्त पश्चिमा दृस्टिकोणमा हालैका दिनमा एउटा परिवर्तन आएको छ । यो परिवर्तन सम्पूर्ण विश्वकै लागि सुखद सावित समेत हुने छ । केही दिन यता पश्चिमी सामाजीक सन्जालमा भाइरल भएको यो पोस्टबाट उनिहरूमा आएको परिवर्तनलाई ठम्याउन सकिन्छ ।
- कोभिड-१९ ले स्पस्ट पारेका कुरा ।
- १-अब अमेरिका महाशक्ती राष्ट्र रहेन ।
- २-चीनले एउटै क्षप्याश्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् ।
- ३-रूसी राष्ट्र्पती भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन
- ४-उपचारले भन्दा रोकथामले बढिभन्दा बढी जिन्दगी बचाउने रहेछ !
- ५-देशलाई फूटबल खेलाडी भन्दा त स्वास्थ्यकर्मी पो चाहिने रहेछन !
- ६-युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न!
- ७-थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ !
- ८-बालबालीकालाई विशेष प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ !
- ९-उपभोक्ता छैनन भने जाबो तेल भन्ने कुरो त केइ रहेनछ !
- १०-यो मृत्यू भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केइ नभन्ने रहेछ !
- ११-फेरि यो मान्छे भन्ने जन्तु एकदम अवसरवादी र निच रहेछ ! मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दो रहेछ्न !
- १२-हैट १ यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रैुछ !
- १३-सामाजीक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रैुछ । तर सन्त्रास पनि त्यत्त्यिकै बढाउने रहेछ !
- १४-बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो !
- १५-आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केइ चलाउन नआउँदो रहेछ !
- १६-यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् !
- १७-स्वास्थ्यकर्मीहरू एक्लै छन्,उनिहरूलाई कसैले वास्तै गरेका छैनन् तर उनिहरू रोग विरूद्ध लडिरहेकै छन् !
- १८-कुनै पनि पादरी,इमाम मुस्लिम धर्म गुरू र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन् !
- १९-यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ !
- २०-धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ !
- २१-मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्बस्थितिमा पुग्ने रहेछ !
- २२-हामी सँग त महामारीका लागि कुनै तैयारी रहेनछ !
- २३-नेताहरू त जनताको ज्यानै मारेर पनि विरोधिको खुट्टा तान्दा रहेछ्न
- २४-हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ !