Wednesday, 19, January, 2022 info@saipalnews.com

छैटौं कोरोना संक्रमण पोखरामा भेटियो

कास्की १८ चैत । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ को आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएको मध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ रिपोर्ट आएपनि एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

उक्त पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिनु भयो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिनका लागि हालसम्म गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ श्यया तयारी अवस्थामा राखिएको छ । केही क्वोन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत बताइन्छ ।