Monday, 23, May, 2022 info@saipalnews.com

पन्ध्र दिनको पारिश्रमिक दिने नेकपा सुदूरपश्चिम संसदीय दलको निर्णय

धनगढी १८ चैत । नेपाल कम्यूनिष्ट पार्टी नेकपा सुदूर पश्चिम संसदीय दलले कोरोना रोकथाम तथा नियंत्रण जोखिम सरकारी राहतकोषमा पन्ध्र दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका प्रदेश सभासदले जोखिम ब्यवस्थापनकालागि सरकारी कोषमा रकमजम्मा गर्ने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामांगले जानकारी दिए ।कोरोना भाईरसको संक्रमणबाट हाल सम्म नेपालमा ६ जना संक्रमित भएका छन् ।

कोरोना टेष्ट किट र ब्यक्तिगत सुरक्षा सामग्रीकोसहित स्रोतको अभावमा प्रभावकारीरूपमा काम हुन नसकेपछि प्रदेश सरकारले कोरोना रोकथाम तथा नियंत्रण जोखिम कोषको स्थापनागरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका तीस जना सभाषद रहेका छन् । यि मध्ये सरकारमा रहेका मुख्यमंत्री त्रिलोचनभट्ट सहित मंत्रीहरूले एक महिनावरावरको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।