Monday, 20, September, 2021 info@saipalnews.com

सरकारले किनेको ७५ हजार किट प्रयोग नै भएन्

काठमाडौँ १९ चैत । सरकारले कोरोना भाइरस द्रुत परीक्षण किट र्‍यापिड डाइग्नोस्टिक किट खरिद गरे पनि हाल त्यसको प्रयोग नहुने भएको छ । सरकारले प्रतिथान ८ अमेरिकी डलरमा खरिद गरेको ७५ हजार किट गोदाममा थन्‍किएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो। ‘कोभिड–१९ परिक्षण गर्न द्रुत परीक्षण किटको उपयोग गर्न डब्लुएचओले सिफारिस गरेको छैन ।

रगतमा परीक्षण गर्ने भनिएको यो किट हाल प्रयोगशालाले उपयोग नगरेको औल्याउँदै उनले थपिन्, ‘यो किटबारे पछि स्वास्थ्य मन्त्रालयले अवस्था हेरी निर्णय गर्नसक्छ।’ सरकारले किनेको ७५ हजार वटा द्रुत परीक्षण किट हाल उपयोग नगर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।