Saturday, 18, September, 2021 info@saipalnews.com

कोरोनाभाइरस विरुद्धको लडाइ देशको साझा चुनौती: डाक्टर रावल

अछाम १९ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश ईञ्चार्ज एव पुर्वउपप्रधान तथा गृहमन्त्री डाक्टर भीम रावलले नोभल कोरोनाभाइस कोभिड् १९ विरुद्धको लडाई देशको साझा चुनौती भएको बताउनु भएको छ । यो बेला एक अर्का माथि दोष लगाउने बेला नभएर कोरोनाभाइरसबाट सिँगो देशलाई बचाउने बृला भएकाले देश र जनता प्रति प्रत्येक ब्यक्ति इमान्दार भएर साझा समस्यालाई समाधानमा लाग्नु पर्ने बताउनु भएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट बच्ने उपायकाबारेमा कुरा गर्र्दै नेता रावलले बैशाखको महिना किसानहरुले अन्नबाली भित्रयाउने समयमा यस्तो चुनौती आइपरेकाले किसानहरुको समस्यालाई ध्यानमा राखेर सरकारले कृषि प्याकेजका योजना बनाएर अघि बढनु पर्ने बताउनु भयो ।

कोरोनाभाइरसका विरुद्ध जुझिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवश्यक उपकरण तथा सामग्रीका लागि आफुले निरन्तर आवाज उठाइरहेकाले त्यसतर्फ सरकारको ध्यान जानु पर्नेमा जोडदिनु भयो ।

अछाम क्षेत्र नम्बर १ का सासंद समेत रहेका नेता रावलले भारतको विभिन्न नाकामा आएर लकडाउनपछि अलपत्र परेका नेपाली दाजुभाइको समस्याकोबारेमा आफुले पनि पटक पटक सरकारलाई भन्दै आएकाले उनिहरुलाई चाँडै नेपाल ल्याएर स्वास्थ्य परिक्षण गरि समस्या भए अस्पताल भर्ना गर्नुपर्ने र नभए १४ दिनसम्म जुन स्थानीय तहको ब्यक्ति हुन त्यहाँ जिम्मा लगाएर क्वारेन्टाइनमा राख्नु पर्ने बताउनुभयो ।

लकडाउन सबैका लागि भएकाले यसको पुर्ण कार्यान्वयनमा हरेक नेपाली सचेत हुनु पर्ने बताउदै जहाँ भएपनि आफु बाच्ने र अरुलाई बचाउने अभियानका साथ सुरक्षित बस्न समेत नेता रावलले आग्रह गरेका छन् ।