Wednesday, 22, September, 2021 info@saipalnews.com

कोरोना परीक्षण ल्याब स्थापनाका लागि प्राविधिक टोली चितवन पुग्यो

चितवन २० चैत। कोरोना भाइरसको नमुना परीक्षण प्रयोगशाला ल्याब चितवनमा स्थापनाका लागि स्थलगत निरीक्षण गर्न प्राविधिक टोली चितवन आएको छ ।टोलीले बिहीबार ल्याब स्थापनाका लागि स्थानको छनोट गर्नेछ । प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनाल, प्रा।डा। गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्य रहेका छन् ।

जिल्लामा ल्याब कहाँ स्थापना गर्नेबारे उपयुक्त स्थानको छनोट बिहीबारै गरिने नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।प्राविधिक टोलीले बिहीबार विहान जिल्लाका चिकित्सक र जनप्रतिनिधिसँग भरतपुर महानगरपालिकामा छलफल गरेको छ ।

उपयुक्त स्थानको छनोट गरी ल्याब स्थापना गर्ने बिषयमा छलफल भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।