Wednesday, 22, September, 2021 info@saipalnews.com

लकडाउन उलंघन गर्ने २४ सय ४४ जना परे कारबाही

काठमाडौँ २० चैत ।लकडाउनको नवौ दिन आज लकडाउन उलंघन गर्ने २४ सय ४४ जना कारबाहीमा परेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारी नियन्त्रण गर्न र फैलिन नदिन सरकारले गरेको लकडाउन उलंघन गर्ने २४ सय ४४ जना कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका २४ सयलाई ३ घण्टा घाममा राखेर कोराना भाइरसबाट कसरी आफु बच्ने र अरुलाई पनि बचाउने भन्ने जनचेतामूलक तालिम दिएर कारबाही गरेको  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभएको छ ।