Saturday, 18, September, 2021 info@saipalnews.com

जीवन भन्दा रोग प्रिय होइन ‘लकडाउन’को सबैले पालना गरौँः नेता कुँवर

अछाम २० चैत । राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा अछामका अध्यक्ष शेरबहादुर कुँवरले जीवन भन्दा रोग प्रिय नभएकाले हरेक नेपालीले लकडाउनको यतिबेला पुर्ण रुपमा पालना गर्नुपर्ने बताउनु भएको छ । आमा बुवा, दाजुभाई, दिदीबहिनी, ईष्टमित्र, सहकर्मी जस्तो प्रिय रोग नभएकाले अहिले सरकारले गरेको लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्नु नै उत्तम हुने बताउनु भएको छ ।

कोरोनाभाइरसको संक्रमण कम गर्नका लागि संसार भरका देशले लकडाउन गरेकाले सबैले सुरक्षित क्वारेन्टाइनमा बस्नुुको विकल्प नरहेको बताउनु भएको छ । ब्यक्ति ब्यक्तिको सम्पर्कले यो रोग सर्ने भएकाले केन्द्र, प्रदेश, स्थानीय सरकार सहित राजनीतिक दलले घरमै बस्न गरेको आह्वानलाई पालना गरि यतिबेला घरमै बसी समय सदुपयोग गर्नुपर्ने कुँवरले बताउनुभयो ।

समय जीवनको महत्वपुर्ण चक्र भएको बताउदै रोगले कसैलाई नचिन्ने भएकाले सजक रहन सबैलाई उहाँले आग्रह गर्नु भयो । आफुले आफ्नो मातहतका जिल्ला कमिटी, क्षेत्रिय, नगर, गाउँ र वडा कमिटीलाई यतिबेलाको समयमा हरेक जनतालाई सुरक्षित घरमा बस्न आग्रह गरिरहेकाले यसको पालना गरि आफना नेता कार्यकर्तालाई स्थानीय तहले गरेको अभियानलाई साथ दिदै साबुुन, मास्क वितरण लगाएतका अभियानमा साथ दिनसमेत आग्रह गर्नु भएको छ ।