Monday, 20, September, 2021 info@saipalnews.com

राहत लिएर जनताको घरदैलोमा पूर्व मन्त्री सोडारी

धनगढी २१ चैत्र । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री एंवम प्रदेश सभा सदस्य दीर्घ सोडारीले राहत सामग्री लिएर आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न परिवारका लागि राहत लिएर नेता सोडारी जनताको घरदैलोमा पुगेका छन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका सोडारीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लगाइएको लकडाउनको प्रभावमा परेका दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न समुदायलाई लक्षित गरेर गौरीगंगा नगरपालिका विभिन्न वडामा खाद्यन्नका सामग्री हस्तान्तरण गरेका हुन् ।

शुक्रबार पहिलो दिन गौरीगंगा नगरपालिकाका वडा नम्बर १ र २का विपन्न बादी समुदायका घरधुरीमा नुन, तेल, चामल, हस्तान्तरण गरिएको हो ।सोडारीले प्रदेश सरकारको विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजना अनुसार जनता निर्वाचित प्रतिनिधि साथमै रहेको अनुभुति गराउन राहत सामग्री वितरण गरेको बताए ।

नगरपालिका तथा गाउँपालिकासंगको समन्वयमा गाउँमा विपन्न परिवारको लागत संकलन गर्ने काम भइरहेको सो कार्य सके लगत्तै ति सबै घरधुरीमा राहत खाद्यन्न सामग्री वितरण गरिने बताउनु भयो । सोडारीले भने ‘कुनै पनी व्यक्तिलाई भोको मर्न दिन्नौं, महामारीका विरुद्धको लडाइमा छौं, यस्तो अवस्थामा सबैले संयमित भएर सरकारको निर्णयलाई सहयोग गर्नु पर्छ ।