Wednesday, 22, September, 2021 info@saipalnews.com

स्वास्थ्य मन्त्रालयको चेतावनी ! उपचारमा बाधा पुर्‍याउने डाक्टरको लाइसेन्स खारेज

काठमाडौं २१ चैत। अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको हो ।

मन्त्रालयले कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्ने गरी गतिविधिमा लागेको पाइए भविष्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्ससमेत खारेज हुने स्पष्ट पारेको छ ।