Wednesday, 22, September, 2021 info@saipalnews.com

हिटलर जस्तै हुनुपर्छ हिटलरका मान्छे

सबै कुराहरु बुझ्दैनन यारभर्खरका मान्छे ।

सधै खोजिरहन्छन आफ्नो स्तरका मान्छे ।।

पथ्थर जस्तो दिल भएका बनाउनु भन्दा ।

बनाइयोस   भगवान   पथ्थरका  मान्छे ।।

गाउमा बसेकी अवला लाई कसरी था भो ।

बडा   निर्दयी  हुन्छन यि  सहरका  मान्छे।।

नत्र यो दुनियाँले  उपनाम कसरी दिन्छ ।

हिटलर जस्तै  हुनुपर्छ हिटलरका मान्छे ।।

भन प्रिया मैले के के पाए र के के गुमाए ।

तिमिलाइ पाएपछि  टाढिए घरका मान्छे ।।